माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति तथा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो ।
पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।
जसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


