जनमत र जसपाका नेताबिच छलफल

काठमाडौं, ८ माघ । जनमत पार्टीले मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ ।
पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् ।
बालकुमारीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा मधेस सरकार गठनमा मन्त्रालयको बाँडफाँट र मधेसमा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको बताइएको छ ।
मधेस प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने जसपा र जनमतबीच सहमति भएको छ । जसपाले सुरुको चरणमा मुख्यमन्त्री बनाएको छ । मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ ।
मन्त्रालय बाँडफाँटको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, मधेसमा रहेका दलहरुको बीचमा एउटा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको स्रोतको दावी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


