माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन

काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत बलको गएराति साढे ८ बजे निधन भएको हो ।
घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो । उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन् ।
बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


