सीके राउतले संसदीय मर्यादा विपरीत मौनधारण गर्न लगाएको उपप्रधानमन्त्री लिङ्देनको आरोप

काठमाडौं, ७ माघ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा आफैँले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको दाबी गरेका छन् ।
मधेसका शहीदहरूप्रति सरकार र संसद्ले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए । त्यो काम संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङ्देनले स्पष्ट पारेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे ।
उपप्रधानमन्त्री लिङ्देनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिर समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


