ट्राफिक नियमको पालना नगरेको भन्दै प्रधानमन्त्रीलाई जरिवाना

एजेन्सी, ७ माघ । ट्राफिक नियमको पालना नगरेको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ ।
लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो ।
प्रहरीका अनुसार प्रधानमन्त्री सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन् ।
बेलायतमा सिट बेल्ट नलगाउने यात्रुलाई १०० पाउन्ड जरिवाना गर्न सकिन्छ । मुद्दा अदालतमा पुगे उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ ।
इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला लंकाशायरमा थिए ।
प्रधानमन्त्री सुनकको आफूले बनाएको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए । बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई यो दोस्रो पटक जरिवाना गरिएको हो ।
यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोविड लकडाउनका नियमहरू तोडेको भन्दै जरिवाना गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


