काठमाडौं, ७ माघ । जनमत पार्टीका सांसद एवं विनाविभागीय मन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहनेबारे आइतबार टुंगो लाग्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आइतबारसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनले बताए ।

उनले भने, ‘भोलिसम्म आश्वासन दिनुभएको छ । भोलि फाइनल निर्णय हुन्छ ।’ थुप्रै विकल्पहरुबारे पन छलफल चलिरहेको उनले बताए ।

सहमति नभएकै कारण आफूलाई कार्यभार सम्हाल्न मुस्किल परेको पनि उनले बताए ।