उपसभामुखको निर्वाचनमा १० जना सांसद अनुपस्थित

काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।शनिबारको प्रतिनिधिसभा बैठकले मतविभाजनबाट रानालाई उपसभामुखमा चयन गरेको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुखको निर्वाचनमा २६४ सदस्य मात्रै उपस्थित थिए । रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको छ । उपसभामुख चुन्न १३८ संख्या आवश्यक पर्छ । बैठकमा रानाको विपक्षमा ९७ मत परेको छ भने १ सांसद तटस्थ बसेका छन् ।
उपसभामुखको निर्वाचनमा १० जना सांसद अनुपस्थित रहे । आजको बैठकमा वर्षमान पुन कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्रप्रसाद पाण्डे, सपनाराज भण्डारी, लक्ष्मी महतो कोइरी र टेकबहादुर गुरूङ (निलम्बित) अनुपस्थित रहे ।
सभामुख देवराज घिमिरे उपसभामुखका लागि भएको निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


