राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुने दाबी

काठमाडौं, ७ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुने दाबी गरेका छन् ।
शनिबार संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले अब गठबन्धन फुटाउने समय सकिएको बताए । अहिले गठबन्धनबाटै उमेदवार बन्ने स्पष्ट रहेको भन्दै उनले कांग्रेसको अपेक्षाबारे आफूलाई जानकारी नभएको बताए ।
उनले भने, ‘जसरी सरकार बनेको छ । प्रतिपक्षी पनि सहभागी भए राम्रो नभए पनि वर्तमान गठबन्धनको हुन्छ । गोप्य मतदान हुने भएकाले ह्विप त हुन्न । तर, पनि पार्टीले प्रस्ताव गर्ने हो । म त राष्ट्रपति गठबन्धनको हुन्छ भन्छु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


