कलम चिह्नमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी

काठमाडौं, ७ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिह्नमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन् ।
पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘एकीकृत समाजवादीको नेता कार्यकर्ता बन्ने, तर अर्कै पार्टीको चुनाव चिह्नमा भोट हाल्नेलाई कारबाही हुन्छ ।कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही सुनेको छु र तथ्यहरु पनि संकलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भए अप्ठेरो पर्ला । समयमै आत्मसमीक्षा गर्नुहोस् ।’
गएको चुनावमा एकीकृत समाजवादीका केही नेता–कार्यकर्ताले प्रत्यक्षमा कलम चिह्नमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको नेता नेपालले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


