मलेसियामा बन्धक बनाइएका थप १२ जनालाई उद्धार गरेर नेपाल ल्याइयो

काठमाडौं, ६ माघ । मलेसियामा बन्धक बनाइएका थप १२ जनालाई उद्धार गरेर नेपाल ल्याइएको छ । बन्धक बनेको २० दिनपछि नेपाल सरकारको पहलमा शुक्रबार १२ जना नेपाल फर्किएका हुन् ।
बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी नेपाल आइपुगेका छन् ।
त्यस्तै रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन् ।
रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए ।
काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।
कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरू कामबाट निकालिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


