काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् ।

नेकपा एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।

‘छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ,’ओलीले भने ।

ओलीले देउवा सरकारले बिगारेको सम्बन्ध अब नयाँ सरकारले सुधार्नेसमेत बताए । उनले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रुपमा कतै संलग्न नहुने उल्लेख गरे ।