सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई २५ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसका १४ जना सांसदले भने विपक्षमा मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।रुकुम पश्चिम –२ बाट निर्वाचि भएका शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।