काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने भएको छ ।

समानुपातिक सांसद यादवलाई उपसभामुखको उम्मेदवार बनाउन लागिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।

पर्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले उपसभामुखमा यादवको नाममा सहमति गरेको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ । उपसभामुखको चुनाव शनिबार हुँदैछ ।

यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।