सत्ता गठबन्धनबाट उपसभामुखमा रास्वपाकी इन्दिरा मगरको उम्मेदवारी दर्ता

काठमाडौं, ६ माघ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मगरको प्रस्तावकमा सोबिता गौतम रहेकी छन् ।
उनको समर्थकमा नेकपा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
सत्ता गठबन्धनमा शक्ति बाँडफाँट गर्ने क्रममा रास्वपालाई उपसभामुखको पद भाग परेको थियो । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतविभाजन हुनेछ ।
सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


