सभामुखमा निर्वाचित भएपछि घिमिरेले पार्टीबाट दिए राजीनामा

काठमाडौं, ६ माघ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।
सभामुखमा निर्वाचित भएपछि उनले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सभामुखको भूमिका स्वतन्त्र, निष्पक्षरूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको घिमिरेले उल्लेख गरेका छन् । उनले शुक्रबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गरेका छन् ।
घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


