काठमाडौं, ६ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले शुक्रबार बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका हुन् ।

घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी छन् । सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका थिए ।

उनी १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् ।

प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।