काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले झापाकी मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी समानुपातिक सांसद हुन् । इन्दिराको प्रस्तावकमा सोविता गौतम रहेकी छन् । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपालाई दिने सहमति भएको थियो । सत्ता गठबन्धनकै तर्फबाट झापाकै नेकपा एमालेका देवराज घिमिरे सभामुखमा विजयी भइसकेका छन् ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने तालिका छ ।