काठमाडौं, ५ माघ । सत्ता साझेदार दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरेका छन् ।

बिहीबार सभामुखमा नेकपा एमालेका देवराज घिमिरे चयन भएपछि उपसभामुख रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

गौतम कानुनको विषयमा जानकार भएकाले रास्वपामा उनैलाई उपसभामुख बनाउनुपर्ने मत बलियो छ । गौतम काठमाडौं–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर उपसभामुखको उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।