काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

बिहीबार संसद्बाट बाहिरिने क्रममा ओलीले राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारे । राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उमेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ छ ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक राखेका थिए । सो बैठकमा उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न सकिने बताएका थिए ।

सरकारलाई विश्वासको मत दिएको कांग्रेसका सांसदहरूले अनावश्यक रूपमा सत्ता गठबन्धनको विरोध गरेको ओलीले बताए ।