राष्ट्रपतिको विषयमा समझदारीको कोसिस गर्छाैं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा समझदारी बनिदियोस् भन्ने चाहना रहेको बताएका छन् ।
बिहीबार सभामुखको निर्वाचनपछि संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
राष्ट्रपतिको विषयमा अझै समय बाँकी रहेकाले राष्ट्रपतिको विषयमा सत्ता साझेदार दलबीच कुनै एउटा समझदारी बनोस् भन्ने चाहेको बताए । उनले भने, ’सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतर्फ कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले शुक्रबार हुने उपसभामुखको निर्वाचनमा पनि सभामुखको सन्दर्भमा जसरी नै सत्ता साझेदार दल सबै एकै ठाउँमा उभिने दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


