जनकपुरधाम, ५ माघ । लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर समितिले १६औं मधेस बलिदानी दिवस मनाएको छ ।

लोसपा विद्यार्थी संघ जनकपुरधाम नगर समितिका अध्यक्ष अमित ठाकुरको अध्यक्षता एवं पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

श्रद्धाञ्जली सभामा प्रदेशसभा सदस्य रमिता प्रधान, लोसपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह, प्रदेश सचिव रामबिनोद चौधरी, लोसपा युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झालगायतकाहरुको उपस्थिती रहेको थियो ।