काठमाडौं, ५ माघ । प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति शमशेर जबराले सो घोषणा गरेका हुन् ।

साथै उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।

उनको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरे । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी भएका थिए ।