राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धन टुट्ने भण्डारीको दाबी

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अब राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् ।
बिहीबार सभामुख निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गठबन्धन टुटाउन लाग्नु स्वाभाविक भएको बताएका हुन् ।
सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धन टुटाउने मिसनमा लाग्ने बताए।प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
निर्वाचनमा चार पार्टी मिलेर गठबन्धनमा गएको तर सरकार बनाउने बेलामा त्यो टुटेकाले अब आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरहने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


