पूर्वराज्यमन्त्री शर्मालाई मातृशोक, पार्टीद्वारा दुःख व्यक्त

जनकपुरधाम, ५ माघ । पूर्वराज्यमन्त्री तथा प्रदेशसभा सदस्य अभिराम शर्मालाई मातृशोक परेको छ ।
शर्माकी ६८ वर्षीया आमा मिना शर्माको बिहीबार बिहान निधन भएको परिवारजनले जनाएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका शर्माकी आमाको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।
लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले एक शोक सन्देश जारी गर्दै शर्माकी आमाको निधनले आफूहरु मर्माहत बनेको बताउँदै यस शोकको घडीमा शोक सन्तप्त परिवारमा पीडा सहन गर्न एवं धैर्यधारण गर्न ईश्वरले शक्ति प्रदान गरुण भनी कामना गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


