जनकपुरधाम, ४ माघ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवर हाजिर भएका छन् ।

केही दिन अघि सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएकोमा मधेस प्रदेश प्रहरी प्रमुख कुँवर बुधबार कार्यालयमा हाजिर भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्साल काठमाण्डौबाट मधेस प्रदेश प्रहरी कार्यालयमा कुँवर सरूवा भएर आएका छन् ।