काठमाडौं, ४ माघ । बिहीबार हुने सभामुखको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।

जसपाले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरेको हो । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारलाई लिएर जसपाले तीव्र असन्तुष्टि जनाएको छ ।

सत्ता साझेदार दलहरुसँग जसपाले उपराष्ट्रपति पद मागेको थियो । तर उपराष्ट्रपति पद नमिल्ने भएपछि जसपाले मंगलबारको मन्त्रिपरिषद विस्तारमा सहभागी नभएको हो ।

नेपाली कांग्रेसकले प्रतिनिधिसभाको सभामुख पदमा सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गराएको छ ।

न्यौपानेको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला छन् ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् ।