वीरगञ्जबाट स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्सा, ४ माघ । पर्सा प्रहरीले स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षीय विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।
वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।
त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


