विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा

पोखरा, ४ माघ । गत आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एअरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली पोखरा पुगेको छ ।
अवतरण गर्नुभन्दा केही समयअघि मात्र सेती खोँचमा दुर्घटनाग्रस्त भएको विमानको विषयमा अध्ययन गर्न यो टोली नेपाल आएको हो ।एटिआर विमान निर्माता कम्पनीबाट नौ सदस्यीय टोली नेपाल आएर घटनास्थल पुगेको हो ।
यो टोलीले घटनास्थलको अवलोकन गरिसकेको छ । अब प्राविधिक पक्षमा काम गरिरहेकाहरुसँ पनि छलफल गर्ने यो टोलीले तयारी गरेको छ ।
दुर्घटनाको कारण पत्ता लगाउने जिम्मेवारीसहित यो टोली पोखरा पुगेका हो । एटीआर ७२ विमान नेपाली आकाशमा पहिलो पटक दुर्घटनामा परेको हो ।
यसअघि यो दुर्घटनाबारे छानबिन गर्न नेपाल सरकारले पनि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँझबुझ आयोग गठन गरेको छ । आयोगका सदस्यहरु पनि पोखरा पुगेर काम सुरु गरिसकेका छन् ।
चालक दलका ४ सदस्यसहित यो विमानमा ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी नागरिक थिए । नागरिक उड्ड्यन प्राधिकरणले विमानमा सवार ७२ जनाकै निधन भएको पुष्टि गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


