एजेन्सी, ४ माघ । युक्रेनमा एक होलिकप्टर क्र्यासमा परि त्यहाँका आन्तरिक मामिलामन्त्रीको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किभको पूर्वी उपनगरमा हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री डेनिस मोनास्टिरस्कीसहित आठ जना सवार थिए ।

यो हेलिकप्टर ठोकिएको ठाउँमा पनि मानिसहरुको मृत्यु भएको छ । यसबारे थप विवरण आउन बाँकी भएको बिबिसीले जनाएको छ ।