एमालेका देवराज घिमिरेले गरे सभामुखमा मनोनयन दर्ता

काठमाडौं, ४ माघ । नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका छन् । संघीय संसद सचिवालयमा बुधबार उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।
नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको छैन ।
उम्मेदवार तय गर्नको लागि प्रतिपक्षमा रहेका दलहरूसँगसमेत परामर्श भइरहेको बताइएको छ । सभामुख चयनको लागि बिहीबार मतदान हुनेछ भने मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


