जनकपुरधाम, ४ माघ । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले कांग्रेसले प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन् ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए ।

सांसद यादवले काँग्रेस प्रतिपक्षी बेञ्चमा बसेर पनि आफ्नो भूमिका निर्वाह गर्ने बताए । उनले सरकारलाई अस्थिर बनाउने बारे कांग्रेसले नसोच्न धारणा राखे ।

सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।