मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

जनकपुरधाम, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार आज बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
२७ पुसमा ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव २९ पुसमा पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले पनि उनलाई समर्थन गरेको थियो । हाल उनलाई ७२ सांसदको समर्थन छ ।
यादवलाई अहिले जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा दुई स्वतन्त्र प्रदेश सभा सदस्यसहित ७२ प्रदेश सांसदको समर्थन रहेको हो ।प्रदेशसभामा हाल १०५ सांसद छन् ।
माओवादीका दुई सांसदको शपथ विवादको कारण रोकिएको छ । हालसम्म कांग्रेस २२, एकीकृत समाजवादी सात, नागरिक उन्मुक्ति पार्टी एक र तीन स्वतन्त्र सांसद प्रतिपक्षमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


