सबै दललाई मन्त्रीपरिषदमा सहभागी गराउँछौं : मुख्यमन्त्री यादव

जनकपुरधाम, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई/तीन दिन भित्रमा मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् ।
बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूको प्रश्नमा आज विश्वासको मत लिएपछि आगामी दुई/तीन दिनमा मन्त्रीपरिषद् विस्तार गर्ने बताए ।
उनले सबैदलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रीपरिषदमा सामिल गराउने बताए ।
मधेस प्रदेशमा विभिन्न १० वटा राजनीतिक दल र केही स्वतन्त्र सांसद रहेकोमा ७ दलको समर्थनमा जसपाको संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
हाल मुख्यमन्त्री र तीन जना विनाविभागिय मन्त्री मन्त्रीपरिषदमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


