काठमाडौं, ३ माघ । पोखरामा भएको यती एअरको विमान दुर्घटनामा परेका थप एकजनाको शव भेटिएको छ ।

दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।

७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको जानकारी दिए ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिंचाइका लागि बनाइएको नहरमा हालिएको छ ।