मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ३ माघ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ खुवाएकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रीको शपथ लिएका छन् भने राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री बनेका छन् । त्यस्तै, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
नेकपा एमालेबाट विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम मन्त्री बनेका छन् भने शिशिर खनाल शिक्षा मन्त्रीमा नियुक्त भएका छन् । यस्तै डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


