राप्रपाबाट अध्यक्ष लिङ्देनसँगै प्रधान र पाण्डे पनि मन्त्री बन्दै

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे पनि मन्त्री बन्ने भएका छन् ।
सत्ता गठबन्धनमा भएको भागबण्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने छन् ।
सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् ।
राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । त्यसमा प्रधानलाई पठाएर पाण्डेलाई शहरी विकासमन्त्री दिने तय भएको एक पदाधिकारीले जानकारी दिए ।
राज्यमन्त्रीमा दीपक सिंहको सम्भावना छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


