सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु

सर्लाही, ३ माघ । सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलाका ५८ वर्षीय राम बहादुर स्याङबा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार स्याङबा सोमबार साँझ ६ बजे घाँस काट्न रुखमा चढेका थिए । सोही क्रममा रुखबाट अचानक लडेर उनको मृत्यु भएको हो ।
मृतक स्याङबाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटना बारे थप अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


