एमालेबाट पौड्याल, गिरी, चौधरी र उप्रेति मन्त्री बन्दै

काठमाडौं, ३ माघ । सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा एमालेले आफ्नो भागमा परेका मन्त्रालयको लागि मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले मन्त्री बन्ने थप चारजनाको नाम टुंगो लगाएको हो ।
एमालेको भागमा परेको आठ मध्ये चारजना यसअघि नै मन्त्री बनिसकेका छन् । एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेति मन्त्री बन्दैछन् ।
पौड्याल राष्ट्रिय सभाकी सांसद हुन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । त्यस्तै गिरीले स्वास्थ्य मन्त्रालय पाउने छन् ।
अन्य दुई जनालाई कुन जिम्मेवारी दिने भन्नेबारे छलफल भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


