काठमाडौं, ३ माघ । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालयको लागि मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

माओवादीका अमनलाल मोदी, रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने भएका हुन् ।

यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइसकिएको छ । अब माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् भने सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

त्यस्तै अन्य मन्त्रालयको बारेमा छलफल भइरहेको छ ।