काठमाडौं, ३ माघ । लुम्बिनी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् ।सोमबार घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपसभामुख चयनका लागि भने आजको प्रदेशसभा बैठकमा निर्वाचन हुनेछ । उपसभामुखका लागि तीनजनाको मनोनयन दर्ता भएको प्रदेससभा सचिव दुर्लभ पुनले बताए ।

उपसभामुखमा नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीले मनोनयन दर्ता गराएका हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो ।