काठमाडौं, ३ माघ । नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा एमालेले स्वास्थ्यसहित ८ वटा मन्त्रालय पाएपछि स्वास्थ्य मन्त्रीमा गिरीलाई पठाउने भएको हो ।

गिरी पर्वतबाट निर्वाचित भएका थिए । ललितपुर–३ बाट निर्वाचित सांसद तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछिन् ।