पोखरा, २ माघ । पोखरा विमान दुर्घटनाको खोजीकार्य सोमबारका लागि स्थगित भएको छ । आइतबार भएको दुर्घटनामा परेकाहरूको खोजीकार्य मंगलबार पुनः सुरु हुने भएको हो ।

पछिल्लो अपडेट अनुसार ६९ जनाको शव अस्पतालमा राखिएको छ । बाँकी ३ जनाको खोजीकार्य जारी रहेको छ । खोजी जारी रहेको अवस्थामा एउटा हात, एउटा खुट्टा र करङ फेला परेको जनाइएको छ । तर, एउटै व्यक्तिको हो वा फरक भने खुलेको छैन ।

आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान दुर्घटनामा मृत्यु हुने ६९ जनाको शव भेटिएको छ । त्यसमध्ये ४५ जनाको काठमाडौं र २४ जनाको पोखरामै शव परीक्षण हुनेछ ।