विमान दुर्घटनामा परेका थप एकजनाको शव फेला

काठमाडौं, २ माघ । यती एअरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा परेका थप एकजनाको शव भेटिएको छ ।
सोमबार दिउँसो सेती खोँचमा एकजनाको शव भेटिएको हो । सो शव सेती नदीको पानीमा भेटिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख अजय केसीले जानकारी दिएका छन् ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एअर पोखरा विमानस्थलमा अवतरण गर्नुभन्दा केही समयअघि मात्र दुर्घटनामा परेको थियो । विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।
अहिलेसम्म दुर्घटनामा परेका ६९ जनाको शव भेटिएको छ । ३ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


