यती एअरलाइन्सको सोमबारका सबै उडान रद्द

काठमाडौं, १ माघ । यती एअरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।
एक सूचना प्रकाशित गर्दै कम्पनीले आपतकालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।
कम्पनीको ९ एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ ।
दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


