काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यति एअरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

आइतबारको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका हुन् ।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् ।

आइतबार बिहान दुर्घटनामा परेको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।