दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन, ४ जना अझै फेला परेनन्

काठमाडौं, १ माघ । पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार विहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जानकारी दिएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।
हालसम्म ६८ जनाको शव भेटिएको छ भने अन्यको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


