विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, १ माघ । पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ती प्रकाशित गर्दै हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराको लागि उडेको यती एअरलाइन्सको 9N–ANC, ATR–72500 वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जानकारी गराउँदै वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरू सवार रहेको प्र्राधिकरणले जनाएको छ ।
जसमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक थिए ।
विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सेती खोंच भन्ने स्थानमा सम्पर्कमा रहेको थियो ।
विमानमा कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसीन आले मगरसहित ४ जना चालक दलका सदस्यहरू थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


