दिउँसो ४ बजेसम्म ६२ शव निकालियो

काठमाडौं, १ माघ । पोखरामा विमान दुर्घटनास्थलबाट आइतबार दिउँसो ४ बजेसम्ममा ६२ वटा शव निकालिएको छ ।
नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् ।
उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।
६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एअरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


