उद्धार प्रभावित हुनसक्ने भन्दै प्रधानमन्त्रीसहित मन्त्रीहरू पोखरा जाने कार्यक्रम स्थगित

काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरू पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
यती एअरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रीपरिषद्को बैठकमा जाने भन्ने भए पनि अन्तिममा आएर त्यहाँ नजाने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
आफूहरू जाँदा उद्धार प्रभावित हुन सक्ने देखिएको जनाउँदै उनले फेसबुकमा लेखेका छन्, ‘पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जानकारी गराउँदछु । दुर्घटना स्थलबाट केही शवहरू निकालिएका छन् भने थप उद्धारको कार्य जारी छ । यस अवस्थामा म र सम्माननीय प्रधानमन्त्री ज्यु त्यहाँ पुग्दा उद्धार कार्य झन् प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौँ ।’
काठमाडौंबाट लिनु पर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेकासमेत उनले उल्लेख गरेका छन् ।
उनले शोकको घडीमा भोलिका लागि तय भएका सबै औपचारिक तथा सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको पनि जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


