काठमाडौं, १ माघ । नेपाल सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनामा परेपछि आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद बैठकले आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । पोखरा घटनाको कारण जाँचबुझ गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।